1 हे याहवेह, म तपाईंलाई उच्च पार्नेछु;
किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ,
र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन।
2 हे याहवेह, मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ,
र तपाईंले मलाई निको पार्नुभयो।
3 हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ;
तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।