17 घोडामाथि छुटकाराको आशा राख्नु व्यर्थ छ;
त्यसका सबै ठूला ताकतले पनि बचाउन सक्दैन।
18 तर याहवेहको नजर उहाँका भय मान्नेहरूमाथि रहन्छ;
तिनीहरूमाथि, जसको आशा उहाँको अचुक प्रेममाथि हुन्छ,
19 तिनीहरूका प्राणलाई मृत्युबाट छुटकारा गराउन
र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्न।