3 याहवेहमा भरोसा राख, र भलाइ गर;
ताकि देशमा आनन्दसाथ बस्न सक।
4 याहवेहमा आनन्दित होऊ;
र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।
5 तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प;
उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:
6 उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान
र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।