सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन।
1 परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
2 यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,
चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;
3 चाहे समुद्र गर्जोस् र फीँज काढोस्,
र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला