4 मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु,
अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु;
यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ,
र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
5 निश्चय नै म जन्मँदै पापी थिएँ,
मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।
6 तपाईंले गर्भमै विश्वासयोग्यता चाहना गर्नुहुन्छ;
तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ।
7 हिसपले51:7 एक प्रकारको सुगन्धित वनस्पति। शुद्धीकरण वा चोख्याउने काममा प्रयोग गर्ने सुगन्ध भएको तितेपातीजस्तै एक प्रजातिको झार मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु;
मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
8 मलाई हर्ष र आनन्दका कुरा सुन्न दिनुहोस्;
तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!
9 मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!