7 हिसपले51:7 एक प्रकारको सुगन्धित वनस्पति। शुद्धीकरण वा चोख्याउने काममा प्रयोग गर्ने सुगन्ध भएको तितेपातीजस्तै एक प्रजातिको झार मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु;
मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
8 मलाई हर्ष र आनन्दका कुरा सुन्न दिनुहोस्;
तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्!
9 मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्,
र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!
10 हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
11 तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्,
र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
12 तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,
र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!