1 हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजयकार गर!
2 उहाँको नामको महिमा गर;
र उहाँको प्रशंसा महिमामय बनाओ।
3 परमेश्वरलाई भन, "तपाईंका कार्यहरू कति अद्भुत छन्!
तपाईंको शक्ति यति महान् छ
कि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।
4 सारा पृथ्वी तपाईंको सामु झुक्छ;
तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्,
तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।" सेला