23 तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो,
र स्वर्गका ढोकाहरू खोलिदिनुभयो;
24 उहाँले मानिसहरूका निम्ति खानलाई मन्न बर्साउनुभयो,
उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।
25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए;
परमेश्वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।