1 याहवेहको प्रशंसा गर!पदमा पनि
याहवेहको निम्ति एउटा नयाँ गीत गाओ,
उहाँको प्रशंसा उहाँका विश्वासयोग्य जनहरूका सभामा छ।
3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्;
र उहाँको निम्ति खैँजडी र वीणाको सङ्गीत बजाऊन्!
4 किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ;
उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्याइदिनुहुन्छ।
5 उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्;
र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्!