22 म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु;
मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु।
23 तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर!
याकोबका सबै वंशहरू हो, उहाँको आदर गर!
हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान!
24 किनकि उहाँले दुःखीहरूको पीडालाई
तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन;
उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन,
तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ।