1 धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्;
याहवेहले तिनीहरूलाई सङ्कष्टको दिनमा बचाउनुहुन्छ।
2 याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ।
तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्।
उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्न।
3 याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ,
र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।